२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
अब म राजनिति गर्छु , दुर्गा प्रसाईं
अब म राजनिति गर्छु , दुर्गा प्रसाईं
  • न्युज डेस्क

१५ असोज काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कार्यकर्तामाझबाट सरकारलाई लल्कारेका छन् । उनले आजबाट आफू राजनीतिमा उत्रिएको घोषणासमेत गरे ।

अदालतले छोडेलगत्तै कार्यकर्ताहरुले प्रसाईंलाई स्वागत अभिनन्दन गरेका थिए । प्रसाईंले पनि पुरानै शैलीमा भाषण गर्दै कार्यकर्तालाई उकासे । आफूलाई सिध्याउन महिला अघि सारिएको, तर अदालतले आमाको भूमिका निर्वाह गरेको उनको टिप्पणी छ ।

प्रसाईंले भने, ‘एकजना केटीलाई मुख छाड्यो, गालीगलौज गर्‍यो भनेर मलाई लगिहिरासतमा आफूलाई प्रहरीले राम्रो व्यवहार गरेको भन्दै उनले धन्यवाद दिए, तर वीर अस्पतालले जबरजस्ती डिस्चार्ज गरिदिएको गुनासो गरे । दुईपल्ट क्यान्सरको अपरेसन गरेको छु । अस्पताल बसेर उपचार गराउने मेरो मानव अधिकार हो । मेरो मानव अधिकार हनन भएको छ । म बयान दिन आएको बेला डिस्चार्ज गरेर निकालेर सिंहदरबार थानामा ल्याइयो’, प्रसाईंले भने ।आफ्नो लडाइँ अहिलेका प्रधानमन्त्रीसँग रहेको उनले बताए ।‘एमाले त दुर्गा प्रसाईंसित मंसिर ७ मा हारिसक्यो । देशको प्रधानमन्त्री अहिले दुर्गा प्रसाईंसित लड्दैछ । प्रधानमन्त्रीले पनि हार्‍यो भने दुर्गा प्रसाईं नै प्रधानमन्त्री हो । मैले आजसम्म राजनीति गरेको थिइनँ, तर आजदेखि राजनीति पनि सुरु गरें ।

  • १५ आश्विन २०८१, मंगलवार प्रकाशित
  • Nabintech