७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार
भारतिय अभिनेता गोविन्दा गोली लागेर घाइते
भारतिय अभिनेता गोविन्दा गोली लागेर घाइते
  • न्युज डेस्क

१५ असोज काठमाडौं । भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ । तिघ्रामा गोली लागेपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

आज आफ्नो निवासबाट विमानस्थल प्रस्थान गर्न लाग्दा गोविन्दाको बन्दुक पड्केको थियो । यो जानाजान नभएर दुर्घटनावस भएको दाबी गरिएको छ । गोविन्दा एउटा शोका लागि कोलकत्ता जान लाग्दै थिए ।गोविन्दाकी म्यानेजर शशी सिन्हाले भनेकी छन्, ‘उहाँको लाइसेन्सहितको बन्दुक दराजमा थियो । अचानक बन्दुक भूईंमा खसेर पड्कियो । उहाँको तिघ्रामा गोली लाग्यो ।’डाक्टरहरुले गोली शरीरबाट निकालिसकेको र अहिले उनी खतरामुक्त रहेको सिन्हाले बताएकी छन् ।

  • १५ आश्विन २०८१, मंगलवार प्रकाशित
  • Nabintech