७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार
सामूहिक यौनसम्पर्क पछि युवतीको हत्याका आरोपी करिब एक वर्ष पछि पक्राउ
सामूहिक यौनसम्पर्क पछि युवतीको हत्याका आरोपी करिब एक वर्ष पछि पक्राउ
  • न्युज डेस्क

७ असोज कैलाली । कैलाली प्रहरीले गएको करिब एक वर्ष पहिले हत्याको टुगो लगाएको छ । गत वर्ष कात्तिकमा मृत फेला परेकी डडेल्धुरा अमरगढी नगरपालिका–२ की ३१ वर्षीया महिलालाई सामूहिक यौनसम्पर्कपछि अचेत अवस्थामा जंगलमा फ्यालिएको खुलेको छ । आरोपि दुई युवक करिब एक वर्षपछि पक्राउ गरी कैलाली प्रहरीले सार्वजनिक गरेको छ ।
२९ कात्तिक २०८० मा एक युवतीको को धनगढी उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय सञ्जीव चौधरी र ३० वर्षीय जनक देउवासँग सामूहिक यौनसम्पर्क भएको प्रहरीले ठहर गरेको हो ।ति महिलालाई चिनजानका साथी चौधरीले फोन गरेर देउवाको घरमा बोलाएका थिए । उनी आइपुग्नुभन्दा अगाडि नै दुवैजना लागूऔषध सेवन गरिरहेका थिए । उनीहरुले ति महिलालाई पनि लागूऔषध सेवन गराएको प्रहरी अनुसन्धानले देखाएको छ ।तीनैजना लठ्ठ भएपछि उनीहरुबीच शारीरिक सम्वन्ध भएको थियो । त्यसपछि आपसी विवाद भएको र महिलामाथि कुटपिटसमेत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए । विवाद र कुटपिटको स्पष्ट कारण नखुलेको उनको भनाइ छ ।युवकहरुले उनलाई स्कुटरमा राखेर सरस्वती सामुदायिक वनमा फालेको बोहराले बताए ।

 

  • ७ आश्विन २०८१, सोमबार प्रकाशित
  • Nabintech