३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
जाने हो धरहरा चढन !
जाने हो धरहरा चढन !
  • न्युज डेस्क

३ असोज काठमाडौं । संविधान दिवसका अवसरमा आजदेखि अस्थायी रूपमा नवनिर्मित धरहरा सञ्चालनमा आएको छ । अहिलेका लागि धरहरा चढ्न कुनै शुल्क नलाग्ने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

त्यसको पूर्वसन्ध्यामा नेपाल सरकारका मन्त्रीहरूसहित सरकारी अधिकारीहरूले बुधबार धरहराको अवलोकन गरेका छन् । त्यसक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्णरूपमा सञ्चालनमा आउने बताए ।अहिलेलाई एक दिनमा अधिकतम ५०० सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ ।

  • ३ आश्विन २०८१, बिहीबार प्रकाशित
  • Nabintech