३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
रोल्पाकी चेली भारतको रुपैडिहामा आधा किलो चरेससहित पक्राउ
रोल्पाकी चेली भारतको रुपैडिहामा आधा किलो चरेससहित पक्राउ
  • न्युज डेस्क

२ असोज बाँके । बाँके संग सिमा जोडिएको भारतको रुपैडिहामा आधा किलो चरेस सहित एक जना महिला पक्राउ परेको बताइएको छ ।
भारतीय सुरक्षाकर्मीले खानतलासी गर्दा पाँच सय ग्राम चरेससहित रोल्पा थबाङ गाउँपालिका वडा नम्बर ३ मिरुल निवासी सीताकुमारी बुढालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नेपाली नाका सहजै पार गरी भारतीय नाकामा पुगेपछि भारतीय सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको हो ।
भारत उत्तरप्रदेश बहराईच जिल्लाको रुपैडिहा थाना इन्चार्ज शमशेरबहादुर सिंह र एसएसबी ४२ औँ बाहिनीका उपकमाण्डेन्ट रमनलालको संयुक्त टोलीले चरेससहित ती नेपाली महिलालाई पक्राउ गरेको हो ।

  • २ आश्विन २०८१, बुधबार प्रकाशित
  • Nabintech