२ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो ।
बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको दियो । प्रसाईंसहितका व्यक्तिलाई पक्राउ गर्न भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो ।प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको शर्माले बताए ।