३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
बजारमा एक हजारको नक्कली नोट !
बजारमा एक हजारको नक्कली नोट !
  • न्युज डेस्क

३१ भदौ काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर–८ सौगलबाट प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भएर भक्तपुर बस्दै आएका रमेश रोक्का छन् ।

३१ वर्षीय रोक्काको साथबाट १ हजार दरका ११५ वटा नक्कली नेपाली नोट बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए । सौगलमा कोठा भाडामा लिएर आरोपीले नक्कली नोट बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनको डेरामा नोट बनाउन प्रयोग गरिने फोटोकपी मेशिन पनि भेटिएको एसपी सुवेदीले जानकारी दिए ।
आरोपीविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

  • ३१ भाद्र २०८१, सोमबार प्रकाशित
  • Nabintech