३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
भ्रष्टाचार मुद्दा लाग्नेमा सबैभन्दा बढी कर्मचारी
भ्रष्टाचार मुद्दा लाग्नेमा सबैभन्दा बढी कर्मचारी
  • न्युज डेस्क

३० भदौ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा दायर गरेका भ्रष्टाचार मुद्दाको प्रतिवादीमा सबैभन्दा ठूलो संख्या राष्ट्रसेवक कर्मचारीको छ ।

अख्तियारका अनुसार, गत आर्थिक वर्ष २०८० र८१ मा कुल २०१ भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । दायर गरिएको मुद्दामा कुल एक हजार ५४५ जनालाई प्रतिवादी बनाइएको थियो ।एक वर्षमा २०१ भ्रष्टाचार मुद्दा दायर, १५ सय ४५ प्रतिवादी प्रतिवादीमध्ये राष्ट्रसेवक कर्मचारीको संख्या ५२० छ । भ्रष्टाचारको मुद्दा लाग्नेमा दोस्रो ठूलो संख्या निर्वाचित जनप्रतिनिधि तथा मनोनीत पदाधिकारीको छ । २५४ जनप्रतिनिधि तथा मनोनीत पदाधिकारीलाई प्रतिवादी बनाइएको छ ।अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, गत आर्थिक वर्ष दायर गरिएका मुद्दामा प्रतिवादी बनाइएकामा १०६ जना निर्वाचित जनप्रतिधि र १४८ मनोनीत पदाधिकारी छन् ।

  • ३० भाद्र २०८१, आईतवार प्रकाशित
  • Nabintech