६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार
बाँकेको नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु , ७ जना बिरामी
बाँकेको नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु , ७ जना बिरामी
  • न्युज डेस्क

१७ भदौ बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् ।

नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिए ।भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।

झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

  • १७ भाद्र २०८१, सोमबार प्रकाशित
  • Nabintech