८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार
आज मोती जयन्ती मनाइँदै
आज मोती जयन्ती मनाइँदै
  • न्युज डेस्क

काठमाडौं । आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५९औँ जन्मजयन्ती, विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी आज मोती जयन्ती मनाइँदैछ ।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनु भएको थियो ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनुभएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनु भएको थियो ।

यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् ।

  • १७ भाद्र २०८१, सोमबार प्रकाशित
  • Nabintech