६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार
रोल्पामा पनि फैलियो हैजा
रोल्पामा पनि फैलियो हैजा
  • न्युज डेस्क

१६ भदौ रोल्पा । यो वर्ष सन् २०२४ को १९ जुलाईयता ३० अगष्टसम्म ६ जिल्लाका ७५ जनामा हैजा पुष्टि भएको छ । पछिल्लोपटक २८ अगष्टमा रोल्पामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ ।

यो वर्ष सबैभन्दा धेरै हैजा संक्रमित देखिएका छन् । ललितपुरमा ५० जनामा हैजा पुष्टि भएको छ । यस्तै, काठमाडौंमा १०, कैलालीमा आठ, रोल्पामा चार, प्युठानमा दुई र मकवानपुरमा एकजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।संक्रमित हुनेमा ३५ जना महिला र ४० पुरुष छन् । १४ वर्षमुनिका १२ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । हैजा संक्रमणको मुख्य कारण दूषित पिउने पानी नै भएको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीद्धारा सार्वजनिक रिपोर्टमा काठमाडौं र ललितपुरमा हैजा फैलिनुका कारणहरूमा शुद्धीकरण नगरिएको पिउने पानी, भारी वर्षापछि फुटेका ढल मिसिएको पानी,अव्यवस्थित सहरीकरण र असुरक्षित खानेपानीका स्रोतहरू भएको उल्लेख छ

  • १६ भाद्र २०८१, आईतवार प्रकाशित
  • Nabintech