२५ कार्तिक २०८३, मंगलवार
२५ कार्तिक २०८३, मंगलवार
दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ
दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ
  • न्युज डेस्क

५ भदौ दाङ । दाङ तुलसीपुरका तीन युवा ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१७ का २७ वर्षीय शान्तराज योगी, तुलसीपुर–६ का ३२ वर्षीय सरोज डाँगी र २७ वर्षीय विक्रम श्रेष्ठ पक्राउ परेका हुन्।उनीहरूको साथबाट दुई सय ७० मिलीग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन्।लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले टोलीले खानतलासी गर्दा उनीहरूको साथबाट ब्राउन सुगर बरामद भएको जानकारी दिएको छ।

  • ५ भाद्र २०८१, बुधबार प्रकाशित
  • Nabintech