७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार
बाँकेमा काग्रेसका कार्यकर्ता लाई कुटेको आरोपमा वडाध्यक्ष पक्राउ
बाँकेमा काग्रेसका कार्यकर्ता लाई कुटेको आरोपमा वडाध्यक्ष पक्राउ
  • न्युज डेस्क

२ भदौ बाँके । काग्रेसका कार्यकर्तालाई कुटेको आरोपमा बाँके प्रहरीले निर्वाचित वडाध्यक्षलाई पक्राउ गरेको छ । बाँकेको राप्तीसोनारी–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीलाई प्रहरीले पक्रेको छ । उनीसहित चार जना खुकुरी तथा खुँडा प्रहारमा संलग्न भएको पाइएकाले नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।

वलीलगायत चार जनाले गएराति स्थानीय बिनौना चोकमा शुलभ मल्ल र सन्दीप विष्टमाथि खुँडा र खुकुरी प्रहार गरेको बताइन्छ । घाइते दुबै जनालाई राति नै भारतको उत्तर प्रदेशको लखनउ लगिएको छ ।वली एमालेबाट निर्वाचित हुन् भने घाइतेहरु नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दलका सदस्य । सन्दीपसँगै पक्राउ परेका विशाल बस्नेत र रत्नबहादुर वलीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।तरूणदल र काँग्रेसका कार्यकर्ताले आज इलाका प्रहरी कार्यालय, कोहलपुरको बाहिर विरोध प्रदर्शन गरेका छन् । उता, एमालेको राष्ट्रिय युवा संघ नेपाल बाँकेले वडाध्यक्ष तथा संघका अध्यक्ष ज्ञानेन्द्र राज वलीलाई विनाप्रमाण पक्रेको भन्दै विरोध जनाएको छ ।

  • २ भाद्र २०८१, आईतवार प्रकाशित
  • Nabintech