११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार
बाँकेमा भेटियो रातो सर्प
बाँकेमा भेटियो रातो सर्प
  • न्युज डेस्क

१ भदौ बाँके । बाँकेमा रातो सर्पको उद्धार गरीएको छ । बाँके राष्ट्रिय निकुञ्जको टोलीले जिल्लाको राप्तीसोनारी गाउँपालिका ८ स्थित बाट नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्धार गरेको छ ।

राप्तीसोनारी गाउँपालिका वडा ८ पेरानीस्थित एक विद्यालयको कक्षा कोठाबाट कमै मात्रामा पाइने कोरल रेड कुक्री प्रजातिको सर्पलाई उद्धार गरिएको निकुञ्जका रेन्जर यामबहादुर रावतले जानकारी दिनुभयो ।उहाँका अनुसार यो प्रजातिको सर्प भारत र नेपालका केही स्थानहरूमा मात्र पाइने गरेको छ । दुर्लभ नै नभए पनि अत्यन्त कम मात्रामा पाइने यो सर्प विशेष गरेर नरम माटोभित्र लुकेर बस्ने गरेको पाइएको रावतले जानकारी दिनुभयो ।रेन्जर रावतकाअनुसार नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जमा यसअघि यो प्रजातिको सर्प पाइएको थियो । बाँकेमा पनि दुई वर्षअघि निकुञ्जकै कम्पाउन्डभित्र पाइएको थियो ।

अन्य सर्पभन्दा कमै मात्रामा पाइने यो सर्प मन्द विषालु भएको उहाँले जानकारी दिनुभयो । झट्ट हेर्दा यो सर्पको टाउकोबाट स्पष्ट घाँटी छुट्टिएको देखिँदैन ।

  • १ भाद्र २०८१, शनिबार प्रकाशित
  • Nabintech