६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार
भेरी नगरपालिकामा स्पोन्सरसिप कार्यक्रमको अनुगमन सम्पन्न
भेरी नगरपालिकामा स्पोन्सरसिप कार्यक्रमको अनुगमन सम्पन्न
  • न्युज डेस्क

जाजरकाेट । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वल्र्ड भिजन ईन्टरनेशनल बाट संचालन भएको स्पोन्सरसिप कार्यक्रम र समावेशि गुणस्तरीय शिक्षा कार्यक्रमको भेरी नगरपालिकाको स्थानीय परियोजना सल्लाहकार समितिले अनुगमन सम्पन्न गरेको छ ।

नगर उपप्रमुख सिता जैसीको अध्यक्षतामा गरिएको अनुगमनमा जिल्ला समन्वय प्रमुख काली बहादुर खत्री र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, भेरी नगरपालिका शिक्षा शाखा प्रा.स. चित्र बहादुर वली र बालकल्यान अधिकारी शन्तोष पुन, पत्रकार कान्तिपुर टेलिभिजन जिल्ला समाचारदाता सरोज वली, रेडियो नेपालका जिल्ला समाचारदाता पवन शर्माले लगाएतको टिम र पाँचतारा युवा संरक्षक मञ्च उपाध्यक्ष आशा कार्कीले संयुक्त अनुगमन गर्नु भएको थियो ।

भेरी नगरपालिका वडा नं. ७,८,९,१० र १२ वडामा ४५ स्थानमा पढाई शिविर संचालन भएका छन् । जसमा कक्षा १ देखी कक्षा ३ सम्मका १ हजार ४५ जना बालबालिका सहभागी भएका छन् ।

त्यही मध्यको भेरी नपा १० नुवागाँउमा संचालनमा रहेको शनिबारको कक्षा पढाई शिविर अनुगमन गरिएको थियो । कथाको माध्यमबाट बालबालिको पठन सिपको विकास गराउने उद्देश्यले विभिन्न कथाका किताबहरु र छापामय शब्द पत्ति र चित्रहरु राखिएको थियो ।

गुणस्तरीय समावेशी शिक्षा कार्यक्रम भेरी नगरपालिका ५ वटा वडाहरुका १५ वटा बिद्यालयमा संचालन भएका छन् । गुणस्तरीय शिक्षा कार्यक्रमले बिद्यालयमा बाल विकास केन्द्र र प्रारम्भिक कक्षाहरु कक्षा १ देखी ३ सम्मका बालबालिकाहरुको गुणस्तरीय सिकाईमा सुधार ल्याउनका लागी कार्यक्रम संचालन गरिएको छ । कक्षा कोठामा बसाई ब्यवस्थापन कार्पेट पि फर्म टेबलहरु र शैक्षिक सामाग्री उपलब्ध गराएको छ । शिक्षकहरुलाई पाठ्यक्रम प्रयोगको बिषयमा तालिम, स्थानीय सामाग्री प्रयोगको तालिम, बालबालिकाको स्वास्थ्य परिक्षणको लगाएतका विषयमा लगानी गरिएको छ ।

 

बालस्पोन्सरसिप कार्यक्रमको माध्यमबाट २ बर्ष देखी ८ बर्ष सम्म बालबालिकाहरुलाई ताइवान देशमा रहेका सहयोगी हृदय भएका नागरिकहरु विभिन्न स्पोन्सरसिपहरुसँग जोड्न चिठी पत्र, फोटो भिडियोको माध्यमबाट भेरी नगरपालिकाका ५ वटा वडाका २ हजार बालबालिकालाई स्पोन्सरसिप कार्यक्रममा दर्ता गरिएको छ । स्पोन्सरसिप कार्यक्रमको माध्यमबाट समुदायमा विभिन्न कार्यक्रम संचालन भएका छन् ।

बाल संरक्षकका लागी वडा कार्यालयको नेत्तृत्वमा संस्थाले प्राविधिक कार्यक्रम लागु गरेको छ । बडा बाल अधिकारको क्षमता विकास, बालक्लवको क्षमता विकास तालिमहरु बाल संरक्षकका क्षेत्रका गतिविधीहरु संचालनमा रहेका छन् ।

भेरी नगरपालिका वडा नं. ८ मा बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागी अन्तिम तयारीमा रहेको छ । २०८१ भाद्र महिनामा घोषणा गर्ने तयारीमा रहेको वडाको गतिविधीलाई अनुगमन गरिएको थियो ।


कार्यक्रमले समुदाय र बिद्यालयमा निकै सकरात्मक परिवर्तणको शुरुवात गरिएको थप प्रभावकारी बनाउनका लागी स्थानीय निकायसँगैको सहकार्यमा कार्यक्रममा निरन्तरता दिन सुझाव सहित धन्यवाद दिएको छ ।

  • १ भाद्र २०८१, शनिबार प्रकाशित
  • Nabintech