११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार
रुकुम पश्चिममा कागजमा झोलुङ्गे पुल बनायर साढे चार करोड रुपैयाँ झ्वाम
रुकुम पश्चिममा कागजमा झोलुङ्गे पुल बनायर साढे चार करोड रुपैयाँ झ्वाम
  • न्युज डेस्क

३० साउन रुकुम पश्चिम । रुकुम पश्चिमका तीन ठाउँमा झोलुङ्गे पुल बनाउन करिब चार करोड ६४ लाखमा ठेक्का लाग्यो। ती तीन वटै पुल बनिसकेका छैनन्। तर ठेकेदारले सबै भुक्तानी पाइसकेको विभिन्न दस्तावेजले देखाएका छन्।

अधिकारीहरूका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १ कुसुम खोला, वडा नम्बर २ को भल खोला र चौरजहारी नगरपालिका वडा नम्बर १४ को साक्चा खोलामा झोलुङ्गे पुल बनाउने ठेक्का हरिहरि पिएस जेभीले पाएको छ।अधिकारीहरूका अनुसार कुसुम खोलामा एक करोड दुई लाख ६ हजार २२४ रुपैयाँ, भल खोलामा दुई करोड ५४ लाख ९१ हजार ७०१ र साक्चा खोलामा पुल बनाउन एक करोड ७ लाख ९१ हजार ३८७ रुपैयाँमा ठेक्का दिइएको हो।ती कुनै पुल पूर्णरूपमा बनेका छैनन्। तर कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतका अनुसार तीन वटै झोलुङ्गे पुल निर्माण भइसकेको भनेर स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले निर्माण कम्पनीलाई कूल चार करोड ६४ लाख ८९ हजार ३१२ रुपियाँ भुक्तानी दिइसकेको छ।सरकारी कागजमा ती पुलहरू असार महिनाभित्रै सम्पन्न भइसकेको देखाइएको अधिकारीहरूले जनाएका छन्।

साउन महिनाको तेस्रो हप्तासम्म साक्चा खोला पुलको दुईतिरको फाउन्डेशन मात्रै बनाउने काम भएको छ।पुल निर्माण स्थल आसपासका स्थानीय बासिन्दाहरूका अनुसार पुलको निम्ति केही सामान ल्याइएको छ तर निर्माणको काम अघि बढेको छैन। उक्त पुलले रुकुम पश्चिमको गोठ खोला र सल्यानको पैयाँ डाँडा जोड्छ। पुल निर्माण भइरहेको चौरजहारी वडा नम्बर १४ का वडा अध्यक्ष थलबहादुर कवरले गत जेठ महिनाको दोस्रो साताबाट निर्माण थालिएको जानकारी दिए।कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार उक्त पुल निर्माणको निम्ति त्यही महिनामै करिब ८० लाख रुपैँया भुक्तानी भइसकेको थियो।स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले बाँकी २८ लाख पनि भुक्तानी दिइसकेको छ। विविसीबाट

  • ३० श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech