३० साउन दाङ । दाङमा सर्पको टोकाईबाट ५ वर्षिय बालिकाको मृत्यु भएका छ भने आमाको अवस्था गम्भिर रहेको छ ।
प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ गुरुवागाउँ निवासी सन्तोष चौधरीकी ५ वर्षीया छोरी इन्दु चौधरीको मृत्यु भएको छ भने उनकी आमा २५ वर्षिया आस्मा चौधरीको अवस्था गम्भिर रहेको छ ।
प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले दिएको जानकारी अनुसार आफ्नै घरमा आमाछोरी संगै सुतिरहेको अबस्थामा गएराती १ बजेको समयमा इन्दुसहित उनकी आमा २५ वर्षीया आस्मा चौधरीलाई बिषालु सर्पले टोकेको थियो ।