जाजरकोट । जाजरकोटमा सामुदायिक अगुवाहरुको २ दिने समिक्षा तथा पुनर्ताजगीय कार्यक्रम सम्पन्न भएको छ ।
आइ पास नेपाल र पास नेपालको साझेदारीमा संचालित नेपालमा दिगो यौंन तथा प्रजनन् स्वास्थ्य र अधिकार सबलीकरण तथा उत्थानशिल स्वास्थ्य सेवा प्रणाली परियोजना अन्तर्गत सामुदायिक अगुवाहरुको लागि जाजरकोटको खलंगामा २ दिने समिक्षा तथा पुनर्ताजगीय कार्यक्रम सम्पन्न भएको हो ।
कर्णाली प्रदेशका ४ जिल्ला सल्यान , रुकुम पश्चिम, दैलेख र जाजरकोटका गरी ३३ सामुदायिक अगुवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सामुदायिक अगुवाहरूको अनुभव आदान प्रदान तथा समुदायबाट आएका सवालहरुलाई छलफलको माध्यमबाट प्रष्ट पारीनुका साथै कार्यक्रमको मुख्य उद्येश्य सामुदायिक अगुवाहरुकोलागि कार्यक्रममा प्रस्तुती गर्नका लागि आत्मविश्वासको विकास गर्ने र अगुवाहरूको यौन र प्रजनन स्वास्थ्य अधिकार, लैंगिक हिंसा र जलवायु सम्बन्धी पैरवी तथा आत्मशक्ति विकास गर्ने पहललाई दिगो र निरन्तरता दिन उत्साहित गर्ने रहेको आयोजकले जनाएको छ ।
साथै कार्यक्रममा सिकाई आदानप्रदान र यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, लैंगिक हिँसा, सामाजिक मूल्यमान्यता र यौन तथा प्रजनन् स्वास्थ्यमा जलवायु प्रभाव सम्बन्धि बिषयमा जानकारी गराइएको थियो ।
कार्यक्रमको सहजीकरण आइ पास नेपालका साझेदारी तथा फिल्ड परिचालन विभाग प्रमुख माधव प्रसाद ढकाल,अनुगमन तथा मुल्यांकन विभाग प्रमुख सुजन कार्की, निर्मला भण्डारी तथा पास नेपालका कार्यकारी निर्देशक गंगाराम बुढाथोकी, अनुगमन तथा मुल्यांकन अधिकृत केशर डी सी, कार्यक्रम अधिकृत अदर्श अधिकारी, ममता खत्री, कुशल चैधरी र सम्झना घिमिरेले गरेको थीए ।
साउन २८ र २९ गते दुई दिन चलेको उक्त कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतिक्षा भारती र जनस्वास्थ्य नर्स मनिला कुमालको उपस्थिति रहेको थियो भने कार्यक्रमको समापन पास नेपालका अध्यक्ष ज्ञानेश्वर केसीले गरेका थिए ।