२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
रोल्पामा अटो, दाङमा बस दुर्घटना २७ जना घाइते
रोल्पामा अटो, दाङमा बस दुर्घटना २७ जना घाइते
  • न्युज डेस्क

२९ साउन दाङ । दाङ र रोल्पामा भएका दुर्घटनामा परी २७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बुटवलबाट दाङको तुलसीपुरतर्फ जादै गरेको लु १ ख ८४१२ नम्बरको बस दाङ जिल्लाको घोराही उपमहानगरपालिका १७ बेलभारमा दुर्घटना भएको थियो।बस दुर्घटनामा परी २२ यात्रु घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था मध्यम छ भने ९ जनाको अवस्था सामान्य छ। घाइते सबैको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी छ।चालक तुलसीपुर उपमहानगरपालिका १८ का २९ वर्षीय विवेक कार्की लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रोल्पामा भएको अटो दुर्घटनामा पाँच यात्रु घाइते भएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका(५ चबिस्थित जुगारदेखि लिङ्डुङतर्फ जाँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटनामा परेको थियो। घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि दाङ लगीएको छ ।

  • २९ श्रावण २०८१, मंगलवार प्रकाशित
  • Nabintech