२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
जाजरकोटको नलगाड नगरपालिका सहितका स्थानमा मंसीरमा निर्वाचन गराउने तयारी
जाजरकोटको नलगाड नगरपालिका सहितका स्थानमा मंसीरमा निर्वाचन गराउने तयारी
  • न्युज डेस्क

DCIM100MEDIADJI_0105.JPG

२८ साउन काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूसँग स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको बताइएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा २०८० कात्तिक १७ को भूकम्पका कारण जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि उक्त स्थान रिक्त छ ।आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको छ ।प्रधानमन्त्री ओलीले जाडोअगावै निर्वाचन मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गर्नु भएको छ ।

                       ( भूकम्पका कारण निधन भएकी नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंह )

मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने जानकारी गराएको छ ।छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए ।आयोगका अनुसार गाउँपालिका अध्यक्ष दुईजना, उपाध्यक्ष दुई जना र वडाध्यक्ष २८ जनाको पद रिक्त छ । जनप्रतिनिधि नभएपछि पालिकाको सेवामै समस्या भइरहेको छ ।

  • २८ श्रावण २०८१, सोमबार प्रकाशित
  • Nabintech