२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
सकियो पेरिस ओलम्पिक २०६ मध्ये १२२ देशले जित्न सकेनन् पदक
सकियो पेरिस ओलम्पिक २०६ मध्ये १२२ देशले जित्न सकेनन् पदक
  • न्युज डेस्क

२८ साउन काठमान्डौ । पेरिस ओलम्पिक २०२४ मा अमेरिका शीर्ष स्थानमा रहन सफल भएको छ।
स्वर्णमा चीनसँग‌ समान पदक जिते पनि रजतमा अघि रहँदै अमेरिका पहिलो भएको हो।अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कास्य गरी कुल १२६ पदक जित्यो। दोस्रो भएको चीनले पनि ४० स्वर्ण नै जित्यो। चीनले २७ रजत र २४ कास्य गरी ९१ पदक हात पार्यो।

पेरिस ओलम्पिकको अन्तिम दिन आइतबार अमेरिकाले पुरुष बास्केटबलमा स्वर्ण जित्दै‌ चीनसँग स्वर्ण पदकको सङ्ख्या बराबरी गरेको थियो।यससँगै शीर्ष स्थानको टुङ्गो रजत पदकबाट भएको हो ।जापानले २० स्वर्ण, १२ रजत र १३ कास्यसहित ४५ पदक जित्दा अष्ट्रेलियाले १८ स्वर्ण, १९ रजत र १६ कास्य पदकसहित कुल ५३ पदक हात पार्यो।त्यसैगरी पाँचौं स्थानमा आयोजक फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कास्यसहित कुल ६४ पदक जितेको छ।
पेरिस ओलम्पिकमा ६२ राष्ट्रले स्वर्ण पदक जित्दा ८४ राष्ट्रले पदक जित्न सफल भए। नेपाल सहित भाग लिएका छ २०६ मध्ये १२२ देशले पदक जित्न सकेनन्।नेपालबाट पेरिस ओलम्पिकमा सात खेलाडीले भाग लिएका थिए। सबै खेलाडी पहिलो चरणमै पराजित भएका थिए।

  • २८ श्रावण २०८१, सोमबार प्रकाशित
  • Nabintech