२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
बाँकेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु
बाँकेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु
  • न्युज डेस्क

२७ साउन बाँके । बाँकेमा ट्रकको ठक्करबाट गम्भिर घाइते भएका एक प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएका छ ।

मोटरसाइकल चालक सुर्खेत भेरीगंगा नगरपालिका ९ घर भई प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बिकले चलाएको बा प्र ०३००५ प २०५५ नम्वरको मोटरसाइकल लाई बाँकेको बैजनाथ गाउपालिका जि गाँउ चोकमा शनिवार भे १ क २०६२ नम्बरको ट्कले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका विकको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा आइतवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेको सूचना अधिकारी नारायण डागीले हिमालय टाइम्सलाई बताउनु भयो ।

दुर्घटनामा मोटरसाइकलमा सवार अन्य एक जनाको उपचार चलिरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • २७ श्रावण २०८१, आईतवार प्रकाशित
  • Nabintech