२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
गायक प्रकाश तिमिलसिनाको निधन
गायक प्रकाश तिमिलसिनाको निधन
  • न्युज डेस्क

२७ साउन काठमाडौं । गायक प्रकाश तिमिलसिनाको निधन भएको छ । प्रकाश तिमिलसिनाको शनिवार साँझ निधन भएको हो ।

“घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको थियो, “अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।”गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’लगायत दर्जनौं गीत लोकप्रिय छन् ।उनी आँखाको उपचारका लागि लामो समयदेखि अमेरिका जाने प्रयासमा थिए । उनका दुवै आँखाको दृष्टि थिएन ।
प्रकाशको अन्तिम संस्कार आज आइतबार बिहान पशुपति आर्यघाटमा गर्ने तयारी रहेको संगीतकार अर्जुन पोखरेलले जानकारी दिए ।

  • २७ श्रावण २०८१, आईतवार प्रकाशित
  • Nabintech