२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
कोहलपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुल बसको ताण्डव, एक व्यक्ति सहित १३ बटा खसी \बाख्राको ज्यान लियो
कोहलपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुल बसको ताण्डव, एक व्यक्ति सहित १३ बटा खसी \बाख्राको ज्यान लियो
  • न्युज डेस्क

२४ साउन बाँके । बाँकेमा विद्यालयको वसले ठक्कर दिदा १ जनाका मृत्यु भएको छ ।
बाँकेको राप्ती सोनारी गाँउपालिका ९ स्थित ढकेरी सडक खण्डको झिझिरी खोलाको ओरालोमा बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौंडी ज्ञानकुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले सोहि स्थानका गोविन्द ओलीले ठक्कर दिएको र उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी नारायण डागीले जानकारी दिनु भयो ।

ज्ञानकुञ्ज स्कुलको उक्त बसले कोहलपुरको चप्परगौडीबाट ढकेरी बिद्यार्थी छा्ड्न गएको बेला ढकेरी पुग्नु अगावै झिझिरी खोलाको ओरालोमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी नारायण डाँगीले जानकारी दिनु भयो । बसले युवकसहित खसीबाख्रालाई ठक्कर दिएर केही पर पुगेपछि बस ड्राइभरले बस रोकेर भागेको डिएसपी डाँगीलेबताउनु भयो । ओलीले बाख्रा चराउन गएका थिए सो घटनामा १३ वटा बाख्रा लाई पनि बसले ठक्कर दिएको थियो ती सवै बाख्रा मरेको पनि बताइएको छ । उहाका अनुसार बसमा सवार सबै विद्यार्थीहरु सकुसल रहेका छन् ।

  • २४ श्रावण २०८१, बिहीबार प्रकाशित
  • Nabintech