२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
२७ वर्षपछि भारतलाई हराउदै श्रीलंकाले एकदिवसीय सिरिज जित्न सफल
२७ वर्षपछि भारतलाई हराउदै श्रीलंकाले एकदिवसीय सिरिज जित्न सफल
  • न्युज डेस्क

२३ साउन काठमाडौं । श्रीलंकाले भारतलाई २७ वर्षपछि एकदिवसीय सिरिजमा हराएको छ । कोलम्बोमा भएको सिरिजको तेस्रो खेलमा श्रीलंकाले भारतलाई ११० रनले हराएको हो ।

बुधबार टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले सात विकेट गुमाएर २४८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको भारतले २६।१ ओभरमा १३८ रनबात्र बनाउन सक्यो ।श्रीलंकाका लागि अविस्का फर्नान्डोले ९६, कुसल मेन्डिसले ५९ र पाथुम निसान्काले ४५ रन बनाएका थिए ।भारतका लागि डेब्यू गरेका रियान परागले तीन विकेट लिए ।ब्याटिङमा रोहित शर्माले ३५ रन, वासिङ्टन सुन्दरले ३० रन, विराट कोहलीले २० रन तथा रियान परागले १५ रन बनाए ।श्रीलंकाका डुनिथ भेलालागेले पाँच विकेट लिए । जेफ्री भान्डरसे र महिश तिक्षानाले २–२ विकेट लिए ।

  • २३ श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech