२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
हेलिकोप्टर दुर्घटना अपडेट : पाँचै जनाको मृत्यु
हेलिकोप्टर दुर्घटना अपडेट : पाँचै जनाको मृत्यु
  • paschimpatra

काठमाडौँ । बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।

गुर्जेभन्ज्याङको अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीका अनुसार ४ पुरुष १ महिलाको शव फेला परेको छ । उनले भने, ‘हेलिकप्टर खोल्सामा परेको छ । शव निकाल्न गाह्रो भइरहेको छ ।’

उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो । एयर डाइनेस्टीको ४ चिनियाँ पर्यटक छाडेर फेरि विदेशी नागरिक ल्याउने तालिका बनाएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो ।

दुर्घटनाको कारणबारे पत्ता लागेको छैन । उक्त उडान हुँदा भिजिविलिटी ५ किलोमिटर तथा सामान्य रहेको थियो ।

घटनाको खबर आउनेवित्तिसकै खोजीमा अर्को हेलिकोप्टर पठाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रभु एयरको हेलिकोप्टार परिचालन गरिएको थियो ।

  • २३ श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech