२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना
एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना
  • paschimpatra

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका‍‍-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो ।

क्याप्टेन र ४ विदेशी सवार एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेको बताए । एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार हेलिकप्टर हराइरहेको जानकारी प्राप्त भएको बताए । उनका अनुसार ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी तालिका थियो ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार १ बजेर १४ मिनेटमा उडेको थियो । पण्डितका अनुसार उक्त हेलिकप्टर चिनियाँ पर्यटक लिएर स्याफ्रुबेंसी उडेको थियो ।

  • २३ श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech