२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
रोल्पामा पहिरो २ जनाको मृत्यु
रोल्पामा पहिरो २ जनाको मृत्यु
  • न्युज डेस्क

१९ साउन रोल्पा । रोल्पामा गएराति गएको पहिरोमा पुरिएर एकै घरका २ जनाको मृत्यु भएको छ ।

पहिरोले पुरिएर बेपत्ता भएका ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी माया सुनारको शव फेला परेको हो ।

शुक्रबार राति सुनछहरी गाउँपालिका(४ कामीडाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको थियो । पहिरो पन्छाउने क्रममा उनीहरुको शव फेला परेको रोल्पाका प्रहरी प्रमुख डीएसपी भरत लामाले बताए।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा हजुरआमा र नातिनी रहेका थिए।

  • १९ श्रावण २०८१, शनिबार प्रकाशित
  • Nabintech