२९ फागुन काठमाडौं । गायक प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को समानुपातिक सांसद बन्ने सम्भावना कमजोर देखिएको छ । रास्वपाले बन्दसूचीबाट थोरै मात्र पुरुष उम्मेदवार छान्न सक्ने भएपछि सपुतको सम्भावना कमजोर भएको हो । कुनै पनि दलले संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनै पर्ने संवैधानिक प्रावधान रहेको छ । प्रत्यक्षतर्फ रास्वपाबाट १३ जना महिला...
२८ फागुन काठमाडौं । भक्तपुरमा चैत ६ र ७ मा ‘भक्तपुर फिल्म फेस्टिभल हुने भएको छ । भक्तपुरका युवा चलचित्रकर्मीहरूको समूहले पहिलोपटक यो फेस्टिभल आयोजना गर्न लागेको हो ।किरण किलम्बू, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ चलचित्रकर्मीलाई प्लेटफर्म...
२८ फागुन काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त भएका छन्।अखिल नेपाल फुटबल संघ एन्फाले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राई र एरेनाले नियुक्ति पत्रमा हस्ताक्षर गरेका छन्। उनीसँगको सम्झौताबारे एन्फाले खुलाएको छैन।एरेनाको पहिलो जिम्मेवारी मार्च...
२८ फागुन सुर्खेत। सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोली सुर्खेत पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान जिल्लाबाटै पूरा भएको बताउँदै घटनाको थप तथ्य पत्ता लगाउन सीआइबीको सहयोग लिएको हो।प्रहरी निरीक्षकको कमान्डमा रहेको ब्युरोको विज्ञ टोली बिहीबार...
२७ फागुन कास्की । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई सडक र फुटपाथमा किताब नबेच्न आग्रह गरेका छन् । मेयर आचार्यले आज सामाजिक सञ्जालमार्फत महावीर पुनलाई सो आग्रह गरेका हुन् ।दर्ता वा अनुमतिबिना कुनै पनि वस्तुको बिक्रीवितरण गर्नु कानुनी रूपमा जटिल हुने मेयर आचार्यको भनाइ छ ।उनले आवश्यकता परेको खण्डमा स्टक रहेका सबै किताब...
२६ फागुन काठमान्डौं । इरानका सर्वोच्च नेताका विदेश नीति सल्लाहकार कमाल खर्राजीले अब अमेरिकासँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन्।उनले इरानी सेना लामो युद्धका लागि तयार रहेको पनि बताएका छन्। एक अन्तर्वार्तामा खर्राजीले भने, ‘अब वार्ताका लागि कुनै ठाउँ देखिँदैन। ’उनले अमेरिका यसअघि पनि वार्ताका क्रममा गरेका वाचा पूरा गर्न असफल भएको बताउँदै वार्ता जारी...
२६ फागुन सुर्खेत । सुर्खेतमा १६ वर्षिया किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ।सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा वीरेन्द्रनगरकै चार जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरू...
२६ फागुन रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, भाग्लेनजिकै सानीभेरी नदीमा दुई बालिकाको शव फेला परेको छ ।उनीहरूसँगै गएकी एक बालिका बेपत्ता छिन् । बेपत्ता बालिकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बाँफिकोट गाउँपालिका–३, गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्लेनजिकै सानीभेरी नदी किनारामा...
२५ फागुन कैलाली । आमनिर्वाचनको अन्तिम परिणामले नेपाली कम्युनिष्ट पार्टी नेकपा लाई सुदूर पश्चिममा शून्य सिट हात लागेको छ । नौ जिल्लाका १६ निर्वाचन क्षेत्रमध्ये आठ वटामा रास्वपा विजयी भएको छ । अछाम १, डोटी र बाजुरामा नेपाली काँग्रेसले जितेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवारहरु अछाम २, बझाङ र दार्चुलाबाट विजयी भएका छन् ।तराईका कैलालीमा पाँच र कञ्चनपुरमा...
२५ फागुन काठमान्डौं । भारतले आईसीसी टी २० विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक विश्वकपको उपाधि जितेको हो ।भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो भने त्यसको १७ वर्षपछि गत संस्करणको २०२४ विश्वकप जितेको थियो । लगातार दोस्रो उपाधि जित्दै उपाधि रक्षा समेत गरेको...