
White pills on white background
२३ कात्तिक दाङ । दाङमा जुकाको औषधि खुवाउने क्रममा एक जना बालिकाको मृत्यु भएको छ ।दाङको गढवा गाउँपालिका–४, अजगढवामा जुकाको ‘औषधि घाँटीमा अड्किएर’ १८ महिने बालिकाको मृत्यु भएको हो ।अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम सञ्चालित थियो। उनका अनुसार, त्यसअन्तर्गत बिहीबार गढवा–४, रामनगरमा औषधि खुवाउने बेला बालिकाको घाँटीमा अड्किएको थियो। त्यसपछि सास रोकिएर केही मिनेटमा उनको घटनास्थलमा नै मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको हो।