
२९ पुस काठमान्डौं । बलिउड फिल्म धुरन्धरले नेपालमा १० करोड रूपैयाँभन्दा बढी कमाइ गरेको छ।फिल्मले पछिल्लो शनिबार पुस २६ गतेसम्ममा सिनेपाः बक्सअफिसमा १० करोड १५ लाख १८ हजार ७९५ रूपैयाँ ग्रस कमाइ गरेको हो। यो अवधिमा फिल्मको ३ लाख ९ हजार २२७ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, हलिउडको अवतार ३ ले पुस २६ गतेसम्म नेपालमा ६ करोड २६ लाख १२ हजार ४ सय रूपैयाँ कमाइ गरेको छ। यो फिल्मको १ लाख ५३ हजार ४०१ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।