२ माघ २०८२, बिहीबार
२ माघ २०८२, बिहीबार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
  • न्युज डेस्क

३० पुस सुर्खेत । सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जना बृद्धाको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भिर घाइते भएका छन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकको ठक्करबाट घाइते वीरेन्द्रनगर–१३ की ७० वर्षीया लक्ष्मी लामिछानेको उपचारका क्रममा प्रदेश अस्पतालमा बुधबार पुस ३० बिहान मृत्यु भएको जिल्ला टाफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनु भयो ।

मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–३ का २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका प्रहरीले जनाएको छ । उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

  • १ माघ २०८२, बुधबार प्रकाशित
  • Nabintech