१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
सीन’ को कर्णाली प्रदेश कमिटी गठन, अध्यक्षमा ढुंगाना
सीन’ को कर्णाली प्रदेश कमिटी गठन, अध्यक्षमा ढुंगाना
  • paschimpatra

जाजरकाेट । समाजवादी ईन्जिनियरिङ एशोसिएसन नेपाल (SEAN) को कर्णाली प्रदेश कमिटी गठन भएको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट ईन्जिनियरहरुको संगठन (SEAN) को केन्द्रीय कमिटी बैठकले ईन्जिनियर महेश कुमार ढुंगानाको अध्यक्षतामा २१ सदस्य रहेको प्रदेश कमिटी गठन गरेको हो । संगठनको उपाध्यक्षमा सुरेन्द्र कुमार शर्मा, सचिवमा उज्वल गिरी, सहसचिवमा मिलन विसी र कोषाध्यक्षमा उपेन्द्र खनाल चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा नारायण पोखरेल, राजेश गौतम, पवित्रा लम्साल, पुष्पा सापकोटा, निकिता थापा, रविन्द्र सिजापति, उत्तम रोकाय, क्रितु जि.सी, सत्य शाही, बर्खे बुढा, विष्णु रोकाय, भिम प्रसाद चौलागाई, टंक बुढा, धनसिंह रोकाय, बिकी बुढाथोकी र जीवन खड्का चयन भएका छन ।

बैठकले कर्णाली प्रदेशका १० वटै जिल्लाका संयोजक र सहसंयोजक पनि तोकेको छ । जसअनुसार सुर्खेतको संयोजकमा केन्द्रीय सदस्य समेत रहेका मेघराज खत्री र सहसंयोजक निर्मल बुढा रहेका छन । त्यस्तै दैलेखको सयोजक कुमार खेमसुन्दर शाही र सहसंयोजक सुरेन्द्र कुमार शर्मा, जुम्लाको संयोजक पुष्कर रावत र सहसंयोजक उत्तम रोकाय, हुम्लाको संयोजक प्रकाश सेजुवाल र सहसंयोजकमा कृष्ण हमाललाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै जाजरकोट जिल्लाको संयोजकमा केन्द्रीय सदस्य समेत रहेका मोहन मल्ल र सहसंयोजक विष्णु बहादुर रोकाय, रुकुम पश्चिमको संयोजक संगिन विसी र सहसंयोजक चन्द्र प्रकाश वली, डोल्पामा संयोजक बादल बुढा र सहसंयोजक खगेन्द्र एडी, मुगुमा संयोजक दिपक धिताल र सहसंयेजक धन सिंह रोकाय, कालिकोट संयोजक प्रकाश सेजुवाल र सहसंयोजक भिम प्रसाद चौलागाई चयन भएका छन भने सल्यान जिल्लाको संयोजकको जिम्मेवारी तेजेन्द्र चन्द र सहसंयोजकको जिम्मेवारी बिकि बुढाथोकीलाई दिईएको केन्द्रीय सदस्य मेघराज खत्रीले जानकारी दिए ।

सुर्खेत जिल्ला संयोजकको समेत जिम्मेवारी पाएका खत्रीका अनुसार जिल्ला संयोजक र सहसंयोजकले तत्काल जिल्ला कमिटी विस्तार गर्ने छन । (SEAN) ले ईन्जिनियरहरुको पेशागत हकहित र सुरक्षाको बारेमा पैरबी गर्ने खत्रीले बताए ।

  • २८ चैत्र २०७८, सोमबार प्रकाशित
  • Nabintech