२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार
नेकपा एकीकृत समाजवादी जाजरकाेटकाे घरदैलो अभियान
नेकपा एकीकृत समाजवादी जाजरकाेटकाे घरदैलो अभियान
  • paschimpatra

जाजरकाेट । नेकपा एकीकृत समाजवादी जाजरकाेटकाे घरदैलो अभियान शुरु भएको छ । स्थानीय चुनाव नजिकिए सँगै एकीकृत समाजवादी जाजरकाेटले जनताको घर आँगनमा पुगि स्थानीयहरुका गुनासा र समस्याहरु बुझ्दै प्रचारप्रसार अभियानलाई तिब्रता दिइएकाे हो ।

यस अघि भेरी नगरपालिकामा १३ वटै वडामा वडा कमिटि गठन गरिसकेकाे समाजवादीले प्रत्येक वडामा टाेल कमिटी गठनलाइ  तिब्रता दिएसगैँ  स्थानीयहरुसँग भेटघाटमा पार्टीले “कलम” चिन्हमा आफ्नो अमूल्य मत दिएर यस पटक एकीकृत समाजवादीलाई मत दिन  आग्रह गरेको छ । समाजवादी जाजरकाेटका अध्यक्ष कमान खड्काले नगर तथा मुलुकको समृद्धि र विकासको अभिभारा एकीकृत समाजवादीको काँधमा आएकाले यसपटक एकीकृत समाजवादीको चुनाव चिन्ह “कलम”मा भोट गरेर जिताउन आग्रह गरे । खड्काले भने “संविधानको रक्षा र समृद्धिका लागि समाजवादीको विकल्प छैन ।” साथै गठबन्धनलाई थप बलियो बनाउने कुरामा आफू र आफ्नो पार्टी इमान्दार रहेकोमा खड्काले जोड दिए ।

स्वास्थ, शिक्षा, ग्रामीण क्षेत्रमा बाटोघाटो निर्माण, पक्की पुल, स्कुल लगायतका दीर्घकालीन संरचनाहरु अझै अधुरो रहेको र त्यसलाई पूरा गर्न एकीकृत समाजवादीको जन्म भएको समाजवादीका जिल्ला अध्यक्ष खड्काले बताए ।

घरदैलो कार्यक्रममा जिल्ला कमिटी सदस्य एवम समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य भरत शर्मा, अनेरास्वियु जिल्ला अध्यक्ष जगतध्वज शाही लगायत युवाहरुकाे समेत उपस्थिति रहेको थियो ।

  • २५ चैत्र २०७८, शुक्रबार प्रकाशित
  • Nabintech