१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
जाजरकाेटमा टाइफाइड विरुद्धको खोप अभियान आजदेखि
जाजरकाेटमा टाइफाइड विरुद्धको खोप अभियान आजदेखि
  • न्युज डेस्क

जाजरकाेट । जाजरकाेटमा टाइफाइड रोग विरुद्धको खोप अभियान आजबाट सञ्चालन हुने भएको छ ।

टाइफाइड रोग विरुद्धको खोप अभियान २०७८/०७९ अन्तर्गत अभियान सञ्चालनको तयारी पुरा भएको स्वास्थ्य कार्यालय जाजरकाेटले जनाएको छ ।

कार्यालयले बिहीबार अभिमुखीकरण गराउँदै टाइफाइड रोग विरुद्धको खोप अभियान चैत २५ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म जिल्लाका ७ वटै पालिकामा तालिका बनाएर सञ्चालन हुने जानकारी गराएको हो ।

र्कायालयका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका करिब ७८ हजार ८ सय १५ बालबालिकाहरूलाई १ मात्रा खोप लगाइने छ । र खोप सञ्चालनका लागि जिल्लामा ४ सय ४ वटा खोप केन्द्र, ४ सय ४ जना स्वास्थ्यकर्मी,  ८ सय ८ जना स्वास्थ्य स्वयंसेविका परिचालन हुने छ ।

जिल्लाका १ सय २५ भन्दा बढी विद्यार्थी भएका सबै विद्यालयमा खोप केन्द्र रहने व्यवस्था मिलाइएको छ ।

  • २५ चैत्र २०७८, शुक्रबार प्रकाशित
  • Nabintech