१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धतामा एमालेले गरेन हस्ताक्षर
निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धतामा एमालेले गरेन हस्ताक्षर
  • paschimpatra

काठमाडौं । नेपाली कांग्रेससहितका दलहरुले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर गरेको छैन ।

निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई बोलाएको थियो । राजनीतिक दलहरुबाट प्राप्त सल्लाह सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भएकाले आचार संहितामा दलहरुलाई हस्ताक्षर गर्न बोलाइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७८ मा भएका विभिन्न प्रावधान इमान्दारिताका साथ पालना गर्न/गराउन प्रतिबद्ध छौं ।’

प्रतिबद्ध पत्रमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका प्रकाश अधिकारी, एकीकृत समाजवादीका महासचिव डा वेदुराम भुसाल लगायतले हस्ताक्षर गरे ।

आयोग पुगेका केही राजनीतिक दलले भने छलफल विनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए ।

एमालेले पनि आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेको छैन । एमालेबाट कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोग पुगेका थिए ।

कानुन विभाग प्रमुख बडालले छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै काम गर्नु उचित नभएकाले हस्ताक्षर नगरेको बताए । ‘छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै कार्य गरिनु उचित नभएकोले एमालेले आज कुनै हस्ताक्षर गरेन । शान्त र उचित वातावरण वनाउदै छलफल गर्ने र सवै दलको विचार सुनुवाई हुनु गरेर अगाडि वढ्न आयोगलाई आग्रह छ’ उनले भनेका छन् ।

  • २२ चैत्र २०७८, मंगलवार प्रकाशित
  • Nabintech