१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
विपन्न विरामीलाई  युवा समाजसेवि पन्तले गरे उद्दार
विपन्न विरामीलाई  युवा समाजसेवि पन्तले गरे उद्दार
  • पदम के सी

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका १ चिउरीकी ७६ वर्षिय सेतु कामी विरामी परेर ओछ्यानमा थला परेको एक वर्ष भयो । आर्थिक अभावमा उपचार नपाएर ओछ्यानमा थला परेकी कामिको उपचारका लागि धेरै ठाउँ हारगुहार गर्दा पनि कसैले नसुने पछि समाजसेवी प्रकाश पन्तको पहलमा निशुल्क उपचार हुने भएको छ ।

आर्थिक अवस्था कमजाेर भएकी कामीको उपचार गर्ने अवस्था नभएपछि पन्तले घरमै गाडि लिएर निशुल्क उपचारका लागि आईतबार सुर्खेत लगेका छन ।

आर्थिक अभावमा गाउँकै अध्याराेमा बाँचिरहेका उनीजस्तै अशक्त विरामीलाई स्थानीय सरकारले उपचारमा वास्ता नै नगरेपछि पन्तले धेरै विरामीको निशुल्क उपचार गर्दै आएको स्थानीय महेश विकले बताए ।  पन्तले आर्थिक अभावले हातखुटा गुमाएर ओछ्यानमै थलिएका, गरीब, दुखि, असाय, अशत्त  विरामीको लागि भगवाननै भएको स्थानीयबासी बताउछन् ।

नलगाड १ कै सशे कामीले पाचँ वर्ष पहिले भारतको लदागमा हिमपैरोमा परी हात खुटा गुमाएका थिए, उनलाई पनि पन्तकै पहलमा साईनिङ अस्पताल आइएन एफ सुर्खेतले निशुल्क हुइलचियर हस्तान्तरण गरेको छ । करीब ४५ हजार बराबरको हुइलचियर निशुल्क पाँउदा शसे कामी निकै नै खुसी भएको बताउछन् । उनीहरु जस्तै नलगाड नगरपालिका ६ पिउलिका १२ वर्षिय जगँ बहादुर विक पनि २ वर्ष देखि ओछ्यानमै थला परेका थिए तर अहिले पन्तले सुर्खेत लगेर निशुल्क उपचार गरेर हिड्ने बनाई सकेका छन ।

स्थानीय सरकारले गाउँमा भएका गरीब विपन्न विरामीको वास्ता नगर्दा आफुले दुखिहरुको सेवा गर्न थालेको उनी बताउछन । सानै देखि समाजसेवामा होमीएका उनले तिन सय बढि विरामीलाई उदार गरेर ज्यान बचाएका छन । भने जटिल समस्या भएका विरामीलाई हेलिकप्टर मार्फत उद्दार गर्दै आएका छन । उनले जाजरकोटमा मात्रै अहिले सम्म ११ ठाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन ।

  • २१ चैत्र २०७८, सोमबार प्रकाशित
  • Nabintech