१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
१२ .५४ अंकले बढ्यो नेप्से, साढे २ अर्बको सेयर कारोबार
१२ .५४ अंकले बढ्यो नेप्से, साढे २ अर्बको सेयर कारोबार
  • न्युज डेस्क

काठमाडौं । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ६ सय ४७ दशमलव २० अंकमा पुगेको छ । यस अघि साताको पहिलो दिन आयतबार दोहोरो अंकले बजार घटेको थियो भने सोमबार दोहोरो अंकले नै बढेको थियो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २।०६ अंकले बढेको छ । ‘क’ वर्गमा २५ वटा बैंक्सहित ३६ कम्पनीहरु रहेका छन् । नेप्से परिसूचक बढे पनि कारोबार रकम २ अर्ब ५१ करोडमा रोकिएको छ ।

दिनभर ३६ हजार ७७२ कारोबारबाट २३५ धितोपत्रका ५३ लाख २९ हजार ९९३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ पुगेको छ ।

  • ८ चैत्र २०७८, मंगलवार प्रकाशित
  • Nabintech