२६ चैत्र २०८१, बुधबार
२६ चैत्र २०८१, बुधबार
वडाध्यक्षहरुले जनताको पक्षमा काम गर्न दिनुभएकै छैन् : नगरप्रमुख घर्ती
वडाध्यक्षहरुले जनताको पक्षमा काम गर्न दिनुभएकै छैन् : नगरप्रमुख घर्ती
  • paschimpatra

जाजरकोट । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्न नदिएको आरोप लगाएका छन् ।

आज ( विहीबार) पत्रकार सम्मेलनको आयोजना गर्दै नगरप्रमुख घर्तीले यस्तो बताएका हुन् । ‘हामी कार्यपालिकाको बैठकको आयोजना गर्छाै, उहाँहरु वहिष्कार गर्नुहुन्छ’ उनले भने, ‘अहिले महत्वपूर्ण काममा लम्किने वेला आएको छ, भूकम्पपछिको पुर्ननिर्माणमा जाने वेला भएपनि उहाँहरु विभिन्न वहाना गरिरहनुभएको छ ।’ पटकपटक कार्यपालिका वैठकको आयोजना गरेपनि उहाँहरु आउनुभएको छैैन्, उनले थपे, भूकम्पछिको विस्तृत क्षतिको आँकलन ( डिडिए) गरेर पुर्ननिर्माणमा जानेवेला भएपनि उहाँहरु कार्यपालिकाको वैठकमा समेत नआउनु दुःखद कुरा भएको प्रमुख घर्तीले बताए ।

‘बहुमत कार्यपालिका सदस्य जनताको पक्षमा निर्णय गर्न खोज्दा अस्विकार गर्नुहुन्छ, उहाँहरुले जनताको पक्षमा काम गर्ने वातावरण सिर्जना गर्नुभएकै छैन्, उनले थपे, ‘जनताको पक्षमा काम गर्ने जनप्रतिनिधी नखोजेर अहिले आम वडावासीले दुःख पाईरहनुभएको छ ।’ अहिले जनताको पक्षमा काम गर्ने वेला भएको र नगरपालिकामा राजनीतिक षडयन्त्र नगर्न प्रमुख घर्तीले आग्रह गरे । अवको कार्यपालिका वैठकमा सबैलाई उपस्थिति हुन आह्वान गरेका छन् ।

गत निर्वाचनमा भेरी नगरपालिकामा नेकपा एमालेले नगरप्रमुख र एक जना वडाध्यक्ष मात्रै जितेको छ ।

अन्य उपप्रमुख र वडाध्यक्ष नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले जितको छ । उप प्रमुख र वडाध्यक्षहरुले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एकलौटी गर्ने गरेको आरो लगाउँदै आएका छन् ।

पछिल्लो समय नगरपालिका जनताको पक्षमा काम गर्नुभन्दा राजनीतिक दलहरुको खिचातानिको चपेटामा परेको काम नागरिकको बुझाई छ ।

  • ७ चैत्र २०८१, शुक्रबार प्रकाशित
  • Nabintech