१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
एकीकृत समाजवादीको चुनावी अभियान–‘ जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताउँ’
एकीकृत समाजवादीको चुनावी अभियान–‘ जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताउँ’

भूगोलमै गएर वास्तविक अवस्थाको जानकारी लिने तयारीमा एकीकृत समाजवादी

  • paschimpatra

काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा केन्द्रीय नेताहरु खटाउने भएको छ । ‘जनतामा जाउँ, एकीकृत समाजवादीलाई जिताउँ’ भन्ने मूल चुनावी नारा सहित एकीकृत समाजवादी भूगोलमा गएर बास्तविक अवस्था पहिचान गर्ने भएको हो ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीले ७ बटै प्रदेशमा नेताहरु खटाउने निर्णय गरेकोबताउनु भयो ।

जस अनुसार प्रदेश १ मा उपमहासचिव प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती उपमहासचिव गंगालाल तुलाधार, गण्डकीमा उपाध्यक्ष जयनन्ती राई, लुम्बिनीमा उपमहासचिव विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिममा सचिवालय सदस्य रामचन्द्र झालाई जिम्मेवारी तोकेको छ ।

अनुगमनमा खटिने नेताहरुले सातैवटा प्रदेश, वडा, गाउँ र पालिकासम्म पार्टीको वास्तविक अवस्थाको रिपोर्टिङ गरी सोही अनुसार आगामी रणनीति बन्ने खतिवडाले बताउनु भएको छ । सातैवटा प्रदेशमा केन्द्रीय कार्यालयबाट अनुगमन गर्न नेताहरु पठाउने निर्णय भएको छ । यो टोलीले सातैवटा प्रदेशमा गरेको कामको रिपोर्टिङ ल्याउनेछन् । वडा, गाउँ र पालिकासम्मको हाम्रो वास्तविक अवस्थाको रिपोर्टिङ आउनेछ। हामी वास्कतवि सूचना ल्याउने छौँ। त्यही अनुसार हामी रणनीति बनाउनेछौँ, खतिवडाले भन्नुभयो ।

  • ३ चैत्र २०७८, बिहीबार प्रकाशित
  • Nabintech