२८ माघ २०८२, मंगलवार
२८ माघ २०८२, मंगलवार
एकीकृत समाजवादीमा जाँदै वामदेव गौतम
एकीकृत समाजवादीमा जाँदै वामदेव गौतम
  • न्युज डेस्क

२ पुस काठमान्डौ । वामदेव गौतमलाई पार्टीमा भित्र्याउन नेकपा एकीकृत समाजवादी ले संवाद अघि बढाएको छ।
२०७८ भदौ १८ गते गौतमले नेकपा एमाले परित्यागको घोषणा गरेका थिए। त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए।तर अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले एमाले परित्याग गरेका थिए।

त्यसपछि गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहे। उनी राष्ट्रिय सभा सांसद पनि छन्।२०७४ को चुनावमा बर्दियाबाट चुनाव हारेका उनलाई नेकपा एमाले माओवादी सरकारका पालमा राष्ट्रिय सभा सदस्यमा सिफारिस र मनोनीत गरिएको थियो।

  • २ पुष २०८१, मंगलवार प्रकाशित
  • Nabintech