१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
सूर्यमा ग्रहण लागिसक्यो : नेपाल
सूर्यमा ग्रहण लागिसक्यो : नेपाल
  • paschimpatra

काठमाण्डाै । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सूर्यमा ग्रहण लागेको बताएका छन् ।

उनले एमालेको ओरालो यात्रा सुरु भएको भन्दै आफूले नेतृत्व गरेको एकीकृत समाजवादीमा आउन एमाले नेता कार्यकर्ताकर्तालाई आग्रह गरे ।

शनिबार रौतहटमा नेकपा (एकीकृत समाजवादी) दुर्गा भगवती गाउँपालिका गाउँ कमिटीले गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन्।

नेकपा एमालेमा अराजकता मच्चाउन थालेपछि अलग भएर नयाँ पार्टी निर्माण गरेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गराएर अराजकताबाट मुलुकलाई मुक्ति दिलाउनु परेको अध्यक्ष नेपालले स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री नेपालले स्थानीय तहसहित प्रदेश र संघीय निर्वाचनमा माओवादी, जसपासँग सहकार्यको लागि छलफल भइरहेको उल्लेख गरे । उनले गठबन्धनका लागि कांग्रेसलाई पनि छलफलमा समावेश गरिएको बताए ।

  • २९ फाल्गुन २०७८, आईतवार प्रकाशित
  • Nabintech