२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार
आफनै सांसदलाई एमालेले पार्टीबाट निकालिदियो
आफनै सांसदलाई एमालेले पार्टीबाट निकालिदियो
  • न्युज डेस्क

११ मंसीर बाँके । पार्टि अध्यक्षका मानहानी गरेको आरोपमा नेकपा एमालेको बाँके जिल्ला कमिटीले दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।

लुम्बिनीका प्रदेश सभा सदस्य सांसद दुर्गा चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिएको छ।सांसद चौधरीले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललको मानहानि गरेको आरोप लगाइएको छ।यसबारे उनीसँग स्पष्टीकरण पनि सोधिएको र चित्तबुझ्दो जबाफ नदिएकाले उनलाई निलम्बन गरिएको बाँके जिल्ला अध्यक्ष निरक गुरूङले बताउनु भयो ।२०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ को २ बाट निर्वाचित भएका थिए। चौधरी यसअघि एमाले लुम्बिनी प्रदेश कमिटीका उपसचिव पनि रहनु भएको थियो ।

  • ११ मंसिर २०८१, मंगलवार प्रकाशित
  • Nabintech