२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार
जिसस कैलाली प्रमुखमा भूल निर्विरोध
जिसस कैलाली प्रमुखमा भूल निर्विरोध
  • न्युज डेस्क

६ मंसीर कैलाली । कैलाली जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि नेपाली कांग्रेसकी उम्मेदवार टीका कुमारी चौधरी भूल निर्विरोध निर्वाचित भएकी छिन् ।

प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका आुसार भूलसहित दुई जनाको उम्मेदवारी परेको थियो । प्रदेश निर्वाचन कार्यालयले औपचारिक रुपमा तीन बजेपछि निर्विरोध भएको घोषणा गर्ने जनाएको छ ।एमालेले भने यसअघि नै कांग्रेस उम्मेदवार भूललाई समर्थन गरेर साझा उम्मेदवार बनाएको थियो । सुदूरपश्चिममा कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको संयुक्त सत्ता गठबन्धन छ ।नागरिक उन्मक्ति पार्टीकी उम्मेदवारले फिर्ता नलिएको अवस्थामा पनि कांग्रेस एमालेकी साझा उम्मेदवार भूल निर्वाचित हुने निश्चित थियो । २५ जना कुल मतदाता रहेको सुदूरपश्चिममा कांग्रेस एमालेको मत संख्या १३ जना पुग्छ । कांग्रेससँग आठ र एमालेसँग पाँच मत संख्या छ ।

  • ६ मंसिर २०८१, बिहीबार प्रकाशित
  • Nabintech