७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार
सशस्त्र प्रहरीका २ जना हवलदार बलात्कारको आरोपमा पक्राउ
सशस्त्र प्रहरीका २ जना हवलदार बलात्कारको आरोपमा पक्राउ
  • न्युज डेस्क

९ कात्तिक दाङ। दाङमा नाबालिका बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका २ जना सहायक हवलदार पक्राउ परेका छन ।
राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रमुख डीआईजी कुबेर कठायतले सशस्त्र प्रहरीले पक्राउ परेको पुष्टि गर्नु भएको छ । सशस्त्र कार्यालय बाहिर दशैँमा पिङ खेल्न गएको बेला ती हवल्दारले दुई बालिकालाई बलात्कार गरेको खुलेको छ।

गत असोज २४ गते भालुवाङ पुल्चोक बजारमा डेरा गरी बस्ने ८ वर्षीय र १४ वर्षीय बालिका पिङ खेल्न गएको अवस्थामा बलात्कार गरेको पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आरोपित दुई सहायक हवलदारलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाइएको हो ।घटना असोज २४ गतेको भएपनि ढाकछोपका कारणले ढिला गरी सार्वजनिक भएको हो ।

  • ९ कार्तिक २०८१, शुक्रबार प्रकाशित
  • Nabintech