८ कार्तिक २०८१, बिहीबार
८ कार्तिक २०८१, बिहीबार
भेरी नगरपालिका र नलगाड नगरपालिका परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न
भेरी नगरपालिका र नलगाड नगरपालिका परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न
  • न्युज डेस्क

जाजरकोट । वल्डभिजन इन्टरनेश्नल नेपाल सँगको साझेदारीमा पाँचतारा युवा संरक्षक मंच, जाजरकोट र भेरी नगरपालिका र नलगाड नगरपालिका पालिकामा संचालन गरिरहेको बाल संरक्षण तथा बाल प्रायोजन, समावेशी तथा गुणस्तरिय शिक्षा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नलगाड नगरपालिकाका कार्यबाहक प्रमुख कौसी बहादुर बिष्ट

वल्डभिजन इन्टरनेश्नल नेपालसँगको साझेदारीमा पाँचतारा युवा संरक्षक मंच, जाजरकोट र भेरी नगरपालिका र नलगाड नगरपालिकामा संचालन गरिरहेको बाल संरक्षण तथा बाल प्रायोजन, समावेशी तथा गुणस्तरिय शिक्षा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिका र नलगाड नगरपालिकाको समन्वय, वल्डभिजनको सहयोग, पाँचतारा युवा संरक्षक मंच, जाजरकोटको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्दै नलगाड नगरपालिकाका कार्यबाहक प्रमुख कौसी बहादुर बिष्टले गरीब, दलित र पछाडि पारिएका वर्गले संस्थाबाट संचालित कार्यक्रमबाट लाभ लिएको बताए । अनुगमनका क्रममा लक्षित वर्गको जीवनमा सकारात्मक परिवर्तन भएको देख्दा खुशी लागेको उनको भनाई छ ।

उनले भने,  नगरपालिकामा लागु भएर संस्थाले हामीलाई धेरै सहयोग गरेको छ । हामीबाट हुने सहयोग पनि हामी गर्न तयार छौं ।
संस्थाले नगरपालिकामा लागु भएर शिक्षा, भौतिक संरचना, विध्यालयका कक्षा कोठा, वडाहरुमा बालमैत्री स्थानिय सासन बनाउन सघाउने लगाएतका कामहरु प्रभावकारी गरेको भेरी नगरपालिकाका उपमेयर सीता जैसीले बताइन् ।

परियोजनाले बालबालिकाको सवालहरुमा बिद्यालय र समुदायमा नगरपालीका सँगको समन्वय र सहकार्यमा कार्य गरेको र नगरपालीकोको पहिलो बालमैत्री वडा घोषणा गर्न सफल भएको छ । नगर उपप्रमुख सीता जैसी

कार्यक्रममा पाँचतारा युवा संरक्षक मंच, जाजरकोट कार्यक्रम संयोजक बीरेन्द्र कुमार थारुले  समुदायमा आधारित बाल प्रायोजन तथा बाल संरक्षण परियोजना र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको आगामी आर्थिक वर्ष २०२५ मा सञ्चालन हुने क्रियाकलापहरुको विस्तृत विवरण प्रस्तुत गर्नुका साथै आर्थिक वर्ष २०२४ मा सञ्चालन गरिएका क्रियाकलापहरुको उपलब्धी प्रस्तुत गरेका थिए।

संस्थाका परियोजनाहरु लागु भएका वडाहरुबाट प्रभावित भएर अन्य वडाहरुले पनि संस्थाका ति परियोजनाहरु आफ्नो वडामा आवश्यकता महसुस गरेकाले सबै वडाहरुमा परियोजना लागु गर्नका लागि पनि वडाअध्यक्षहरुले संस्था संग आग्रह गरेका छन् ।

कार्यक्षेत्रमा रहेका वडाहरुमा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

संस्थाले भेरी नगरपालिकाका ६,७,८,९,१०,११ र १२ गरि ७ वटा वडा र नलगाड नगरपालिकाको १,२,३,४ र ५ गरि ५ वटा वडामा समुदायमा आधारित बालप्रायोजन तथा बाल संरक्षण परियोजना र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना लागु गरेको छ । विध्यालयमा सुरक्षित समावेशी र पहुँचयोग्य सिकाई वातावरणको विकास गर्न, अविभावकको सहयोगमा बालबालिकाहरुको उत्थानशीलता विकास गरी उनिहरुलाई बाल संरक्षणका सवालहरुमा आवाज उठाउन सक्षम बनाउनका लागि स्थानीय तहसँग संस्था सदैव हातेमालो गर्न तयार रहेको पाँचतारा युवा संरक्षक मंच, जाजरकोटको उपाध्यक्ष आशा कार्कीले बताए । सो कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, लक्षित वर्गका प्रतिनिधि, बाल क्लब आदिको सहभागिता रहेको थियो ।

  • ८ कार्तिक २०८१, बिहीबार प्रकाशित
  • Nabintech