१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
बजार क्षेत्रमा जडान गरिएका अधिकांश सिसि क्यामेरा प्रयोग विहिन
बजार क्षेत्रमा जडान गरिएका अधिकांश सिसि क्यामेरा प्रयोग विहिन

अपराधिक क्रियाकलाप बढ्न सक्ने प्रहरीको चिन्ता

  • paschimpatra

जाजरकोट । खलंगा बजार क्षेत्रमा जडान गरिएका अधिकांश सिसि क्यामेरा प्रयोग विहिन भएका छन । बजार क्षेत्रको सुरक्षाको लागि भन्दै जडान गरिएका अधिकांश सिसि क्यामेरा अहिले बन्द अवस्थामा छन ।

भेरी नगरपालिकाको १२ लाख बजेटमा ३ वर्ष अघि जडान गरिएका २५ वटा क्यामरा मध्य हाल १६ वटा क्यामरा प्रयोग विहिन अवस्थामा रहेका छन । जसमध्य प्रहरी कार्यालय परिसर भित्रका ६ वटा संगै शान्तीचौतारा स्थित बसपार्क क्षेत्रका २ वटा, र नेपाल बैंकको पुरानो कार्यालय नजिकको १ वटा गरी जम्मा ९ वटा सिसि क्यामेरा मात्र प्रयोगमा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

३ वर्ष अगाडी जडान गरिएका क्यामरा बिग्रिय पछि भेरी नगरपालिकाको थप २ लाख ५० हजार र प्रहरी कार्यालयको १ लाख ६० हजार गरी जम्मा ४ लाख १० हजार बजेटले गत भदौमा मर्मत गरिएको भएपनि असोजमा परेको चट्यांगले १६ वटा क्यामेरा फालेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले जानकारी दिनुभयो । प्रयोग विहिन भएका क्यामरा मर्मतका लागि नगरपालिका संग आवश्यक बजेट माग गरिएको समेत डिएसपी थापाको भनाई छ ।

बजार क्षेत्रका महत्वपुर्ण स्थानमा जडान गरिएका सिसि क्यामेराका कारण अपराधिक क्रियाकलाप न्युनिकरणमा सहयोग पुगेको भन्दै केहि समय अघि शिवालय गाउँपालिकाको आर्थिक सहयोगमा छेडाबजारमा समेत सिसि क्यामरा जडान गरिएको छ । गाउँपालिकाको १ लाख ८० हजार बजेटमा बजारको विभिन्न ४ ठाउँमा क्यामरा जडान गरिएको र तत्काल रिम्ना बजार र मटेला बजारमा सिसि क्यामेरा जडानको योजना रहेको डिएसपी थापाको भनाई छ ।

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित
  • Nabintech