३ फाल्गुन २०८२, आईतवार
३ फाल्गुन २०८२, आईतवार
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढयो
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढयो
  • न्युज डेस्क

३ फागुन काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेलरमट्टीतेलको मूल्य बढाएको छ । सोमबार फागुन ४ बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो ।निगमका अनुसार, पेट्रोल लिटरमा एक रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेलरमट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ तोकिएको छ ।त्यस्तै, डिजेल मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ तोकिएको छ ।

  • ३ फाल्गुन २०८२, आईतवार प्रकाशित
  • Nabintech