१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
एमसिसि विरुद्ध जाजरकाेटमा प्रदर्शन [फाेटाे फिचर]
एमसिसि विरुद्ध जाजरकाेटमा प्रदर्शन [फाेटाे फिचर]
  • paschimpatra

जाजरकाेट । अमेरिकी सहयोग परियोजना (एमसीसी) का विरुद्ध नेकपा (एकीकृत समाजवादी) जाजरकोटका जनसंगठनहरुले बिरोध प्रदर्शन गरेका छन् ।

अमेरिकाले एमसीसी तत्काल संसदबाट अनुमोदन गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादी निकट मोर्चा संगठनहरु यसका विरुद्ध आज जिल्ला सदरमुकाम खलंगामा बिरोध प्रदर्शन गरेका हुन । आज दिउसो २ बजे जिल्ला पार्टी कार्यालयमा जम्मा भएर ठाँटी, गैरीखालि, जि‍ल्ला समन्वय समिति हुँदै पुन ठाँटी सम्म बिरोध र्याली गरेर कोण सभा गरिएको हो ।

खलंगामा भएकाे विराेध प्रदर्शनमा नेकपा एकिकृत समाजवादीका कर्णाली प्रदेश कमिटि सदस्य तथा जिल्ला उपाध्यक्ष कमान खड्काले एमसिसि सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्विकार्न नहुने बताए । उनले सम्झौता लागू गराउन अमेरीकाले नेताहरुलाई धम्कीदिएकोमा आपत्ति जनाउँदै अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए । उनले आफुहरु टाउकोमा कफन बाँधेर आन्दोलनमा होमिएकाले शिर्ष नेतालाई घुँडा नटेक्न चेतावनी दिए ।

कार्यक्रममा समाजवादीका भातृ संगठन अनेरास्ववियू, युवा संघ नेपाल, अनेमसंघ (समाजवादी), नेपाल दलित मुक्ति संगठन, समाजवादी प्रेस संगठन नेपाल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कोण सभालाई पार्टी जिल्ला कमिटी उपाध्यक्ष कमान बहादुर खड्का, कृषक महासंघका केन्द्रीय सदस्य प्रेम गौतम, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य भरत शर्मा, अनेरास्ववियू नेता प्रदिप खड्का लगाएतले सम्बोधन गरेका थिए ।

एमसीसी राष्ट्रघाती भएको भन्दै सडकमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । एमाले, कांग्रेस एमसीसीको पक्षमा उभिएको बेला नेकपा (एस) यसको विरुद्धमा उत्रिएको हो ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित
  • Nabintech