२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार
पाँचौ दिनपछि खुल्यो कर्णाली राजमार्ग
पाँचौ दिनपछि खुल्यो कर्णाली राजमार्ग
  • न्युज डेस्क

१७ भदौ सुर्खेत । पहिरोको कारण बन्द रहेको कर्णाली राजमार्ग ५ दिन पछि सञ्चालनमा आएको छ।जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट बेच्नका लागि छुटेका स्याउका करिब ४५ ट्रक ५ दिनदेखि रोकिएका थिए ।

गत बुधबार भदौ १२ राती परेको अविरल वर्षापछि अवरुद्ध सडक आइतबार बेलुकादेखि सञ्चालनमा आएको हो।सडक सञ्चालनमा आएपछि अलपत्र परेका सबै मालवाहक सवारीहरु गन्तव्यतर्फ हिँडेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता एवं प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनु भयो ।

  • १७ भाद्र २०८१, सोमबार प्रकाशित
  • Nabintech